
बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्गथा लि. गैरीधारा शाखाकार्यालयले सदस्य सेवा केन्द्र थानकोटमा शनिबारबाट शुरु गरेको छ । संस्थाका संचालक सन्तोष फुयालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच विधिवत रुपमा सेवा केन्द्र संचालन गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना, असुली तथा तालिम विभागप्रमुख राजेश श्रेष्ठले उपस्थितहरुलाई संस्थाको सेवा सुविधा तथा डिजिटल बैंकिङ सम्बन्धि जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सभाध्यक्षता गर्दै सदस्यहरुलाई घरदैलोबाट नै सेवा दिने उद्देश्यले शाखाको सेवा केन्द्र संचालन गरिएको बताउनुभयो । कार्यक्रममा पुर्व संचालक सिर्जना श्रेष्ठले थानकोट क्षेत्रमा सेवा विस्तार पश्चात पहिलेबाट नै सेवा लिइरहेका सदस्यहरुलाई सहज भएको तथा अरु थप सदस्यहरुले सेवा लिन सहज भएको बताउनुभयो ।
सेवा केन्द्र सुचारु कार्यक्रममा एक दर्जन भन्दा बढि उपस्थितहरु सदस्य बनेर सेवा लिएको गैरीधारा शाखा प्रमुख बसन्ती तामाङले जानकारी दिए । संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले स्वागत मन्तव्यसहित उपस्थितहरुलाई स्वागत गरिएको कार्यक्रम बनेपा ब्लक स्टेशन प्रमुख किरण विष्टले संचालन गर्नुभएको थियो ।


