Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीति सहयोगमुखी, नीजि क्षेत्रलाई उत्पादनमा लाग्न अर्थमन्त्रीको आग्रह

२०७८ श्रावण ३१ गते

बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमार्फत सरकारले सहयोगी नीति लिएको भन्दै नीजि क्षेत्रलाई उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । उत्पादन क्षेत्रमा केन्द्रीत गरेर अर्थतन्त्रलाई नयाँ सीराबाट अघि बढाउनुपर्ने बताउनुएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको दोस्रो वार्षिक साधारणसभालाई भर्चुअल माध्यममा सम्बोधन गर्दै उहाँले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई यसमा अघि बढ्न तथा यसको लागि सामान्य प्रयन्तले नपुग्ने उल्लेख गर्नुभयो । निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन बृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उहाँले निजी क्षेत्रलाई यस बाटेमा अग्रसर हुन आग्रह गर्नुभयो । अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग आबश्यक रहेको उहाँले बताउनुभयो ।
कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले पाईला चाल्ने उहाँको भनाई छ । मौद्रिक नीतिमार्फत सरकारले नीति क्षेत्रलाई त्यस कार्यमा सहयोग गरेको उहाँको भनाई छ । राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि पनिसरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

Ad