Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३ लाख ९० हजार कित्ता हकप्रद जारी गर्दै माउण्ट मकालु डेभलपमेन्ट बैंक

२०७३ भाद्र १२ गते

mt makaluमाउण्ट मकालु डेभलपमेन्ट बैंकले २०७३ साउन २० गतेसम्म कायम साविक शेयरधनीहरूका लागि एक शेयर बराबर एक दशमलब पाँच शेयर (१ः१.५) को अनुपातमा रु. १०० अंकित ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयरको बिक्री खुला यही २०७३ भाद्र १६ गतेका दिनदेखि २०७३ असोज १९ गतेसम्म गरिने जनाएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रद शेयर खरिदका लागि शेयरधनीहरूले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं र माउण्ट मकालु डेभलपमेन्ट बैंक, लालीगुराँस नपा–२, तेह्रथुम तथा बैंकको शाखाहरूमा रकम बुझाउन सकिने जनाएको छ ।