Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान लघुवित्तको वार्षिक समिक्षा र नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न

२०७८ श्रावण २७ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक समिक्षा तथा २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गोष्ठी सम्पन्न भएको छ । मिति २०७८।०४।२४, २५ र २६ गते पाल्पा जिल्लाको तानसेनमा संस्थाका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षता तथा संस्थापक अध्यक्ष, नेपाल सरकारका पूर्व सचिव, वित्तीय संस्थाका परिकल्पनाकार डा. मान बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वकर्माले कर्मचारीहरुको अथक मेहनत र प्रयासले संस्थाले यो उचाई लिन सफल भएको बताउनुभयो । यस्तै, कोभिडले पारेको प्रभावलाई अवसरका रुपमा लिनु पर्ने र वित्तीय संस्थाका हरेक क्रियाकलापहरुलाई सरलीकृत गर्नु पर्ने र चालु आर्थिक वर्षका लागि नवीनतम् रणनीतिहरु बनाई कार्य गर्न सुझाव दिनुभयो ।
उद्घाटन सत्रमा बोल्दै वित्तीय संस्थाका अध्यक्षले वित्तीय कारोवारलाई चुस्त दुरुस्त पार्दै वित्तीय संस्थाको निती नियम भित्र रही दैनिक कार्यहरु गर्न निर्देशन दिदै आर्थिक वर्ष २०७८।०७९ को लक्ष्य प्राप्तीमा सफलताको कामना गर्नु भएको थियो । कार्यक्रममा वित्तीय संस्थाका संस्थापक माधव नेपाल, सञ्चालक रेवन्त बहादुर विश्वकर्मा, नरेन्द्र कडेल तथा गोकर्ण बहादुर कार्की क्षेत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाका ३९ वटा शाखाका शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्नो शाखाको वार्षिक प्रगति विवरण पेश गर्नुका साथै आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । उक्त कार्यक्रममा आ.व.२०७७।०७८ मा अधिकत्तम नाफा हाँसिल गर्ने शाखा कार्यालय रैकवारविचवा, लक्ष्य प्राप्ती तर्फ शाखा कार्यालय परशुराम डडेलधुरा र उत्कृष्ट असुली तर्फ शाखा कार्यालय पोखराथोक, शक्तिखोर र बुलिङ्गटारलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्नुका साथै त्यहाँ कार्यरत कर्माचारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत कर्मचारीहरु इन्द्र बराली, बसन्त पचभैया, भरत कुमार रसाली, शर्मिला वि.क., टोप बहादुर सुनार, प्रकाश भण्डारी, मधु कुँवर र चेत नरायण रिमाल लगाएतले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण तथा सुझावहरु दिएका थिए ।