बैंकिङ खबर । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक स्वेत पत्र जारी गरेका छन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शर्माले देशको आर्थिक अवस्थाको जानकारीको स्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले वि.सं. २०७४ असार मसान्त्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानीमा कृषि, उर्जा, उद्योग लगायतका प्राथममकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जाको अनुपात १८.२ प्रतिशत रहेको जनाएकाछन् । यस्तै, २०७८ जेठ उक्त अनुपात २७.९ प्रतिशत रहेको बताए । जसमध्ये कृषि क्षेत्रमा १२.७ प्रतिशत, उर्जामा ६ प्रतिशत र अन्त्य प्राथमिकताप्राप्त क्षेत्रमा ९.२ प्रतिशत कर्जा प्रवाह भएको उनको भनाई छ। उनले तोकिएका प्राथमिकताप्राप्त क्षेत्रका अवतिरिक्त समग्र उत्पादनशील तथा पूर्वाधार विकासमा समेत थप लगानी विस्तार गरी अथततन्त्रमा वित्तीय क्षेत्रको योगदान बढाउँदै जानुपर्ने अवश्यकता औल्याएका छन् ।
(पूर्णपाठ)