Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा अनामिका कुँवर नियुक्त

२०७८ श्रावण २२ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नयाँ सञ्चालक नियुक्त गरेको छ । पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको हिजो बिहिबार बसेको सञ्चालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि सञ्चालकको रुपमा अनामिका कुँवरलाई नियुक्त गरेको हो । वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको छ । निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १ लाख २६ हजारभन्दा सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।