सेयर बजारमा दोहोरो अंकको गिरावट, १४ अर्ब बढीको कारोबार


Bankingkhabar /August 5, 2021

बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार १२.५ अंकले बढेर ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार १६ अङ्कले घटेर ३ हजार १ सय ७.४५ विन्दुमा झरेको हो ।
आज माइक्रोफाइनान्स समूह ३९ अङ्क, जलविद्युत समूहको ७६ अङ्क, होटल समूहको ४७अङ्क, अन्य समूह १७ अङ्क, उत्पादन समूहको ६९ अङ्क, फाइनान्स समूहको २४ अङ्क, जीवन बीमा समूहको ५९ अङ्क र निर्जीवन बीमा समूहको शेयर ५६ अङ्कले घटेको छ । यस्तै आज बैंकिङ र विकास बैंक समूहका परिसूचकमा भने सामान्य वृद्धि देखिएको छ। विकास बैंक समूहको परिसूचक २.२१ प्रतिशतले बढेको छ भने बैंकिङ समूह परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ। यस्तै, आज नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । आज २ सय २६ कम्पनीका २ करोड ८८ लाख कित्ता ४५ हजार माथिको सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ५० हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

 


सोसिअल मेडिया