रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुँदै


Bankingkhabar /August 5, 2021

बैंकिङ खबर । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि इन्स्योरेन्सले आवश्यक प्रक्रिया समेत अघि बढाइसकेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा साउन १२ गते निवेदन दिइसकेको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको कम्पनीले अंकित मूल्यमा ११२ रुपैया प्रिमियम थपेर २१२ रुपैया प्रतिकित्ता दरले आईपीओ निष्कासन गर्ने जनाइएको छ । कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने उल्लेख छ । आईपीओ विक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


सोसिअल मेडिया