Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन, १७ कम्पनीकाे आइपीओ पाइपलाइनमा ?

२०७८ श्रावण २० गते

बैंकिङ खबर । सानिमा लाइफ इन्स्योरेन्सले बुधबारबाट प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गरेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताकालागि आवेदन दिन सकिनेछ । यस कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । आइपीओ निष्कासन छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ । 

कम्पनी ऐन, २०६३ तथाबिमाऐन, २०४९ बमोजिमदर्ता भई बीमा समितिबाटजीवनबीमाव्यवसायगर्ने बिमकको इजाजतमिति २०७४/०७/०५ माप्राप्त गरी कम्पनीले २०७४/०८/२२गतेबाटजीवनबीमाव्यवसाय सञ्चालनगर्दै आएको छ । आइपिओ निष्काशनकालागिइक्रा रेटिङ्गबाट रेटिङ्ग गराएको यसकम्पनीले बिबिबि रेटिङ्गपाएको छ । जसले वित्तियदायित्ववहनगर्ने कम्पनीको क्षमताऔषत रहेको भन्ने जनाउँछ ।

यसअघि मैलुङखोला मैलुङखोला जलविद्युत आयोजनाको आइपीओ बिक्री खुल्ला भएको थियो । आइपीओमा अन्तिम दिनसम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा २० लाख जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ । तर अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन् ।

लगत्तै मानुषी लघुवित्तकाे आइपीओ आउँदै

सानिमा लाइफ इन्स्योरेन्सपछि मानुषी लघुवित्त आइपीओ खुल्ने छ । मानुषी लघुवित्तको आइपीओ साउन २७ देखि खुल्ने भएको छ । कम्पनीको आइपीओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्दैछ । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको आईपीओमा आवेदन दिने मिति सरेको छ। इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले बताएको छ।

१७ कम्पनीको आइपीओ पाइपलाइनमा

नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १७ पुगेको छ । यस्तै, ४ कम्पनीले अनुमति पाएर निष्कासन गर्ने तयारीमा देखिएका छन् । धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १७ कम्पनीले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड ३ लाख ७२ हजार ५४८ कित्ता सेयर थपिनेछ ।

धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । यता, मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, मानुषी लघुवित्त र सामलिङ पावरले आइपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । यसमध्ये, मैलुङ खोलाले साउन १४ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने आह्वानपत्र जारी गरेको छ । यसैगरी, पाइपलाइनमा रहेका र बोर्डले अनुमति दिएका बाहेक पहिल्यै अनुमति पाएका कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ बिक्री गर्न बाँकी छ ।

हाल मध्य भोटेकोशी जलविद्युत र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावितलाई आइपीओ बिक्री गरिरहेका छन् । यी कम्पनीहरुले स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणलाई आइपीओ जारी गर्नेछन् । हाल मध्य भोटेकोशीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई ६० लाख कित्ता र तेह्रथुम पावरले तेह्रथुम जिल्लाका स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरिरहेका छन् । भोटेकोशीले सर्वसाधारणलाई ९० लाख कित्ता आइपीओ छुट्याएको छ । स्थानीयले माग अनुसार आवेदन नदिएमा भने बाँकी रहेको सेयर सर्वसाधारणलाई थप हुनेछ । यस्तै, तेह्रथुमले सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर छुट्याएको छ ।

 

Ad