
बैंकिङ खबर/आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडाैँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।