
बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल एग्रो लघुवित्तलाई गाभ्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै संस्थाले एक आपसमा गाभिन वा एक्विजिशनका सैद्धान्तिक सहमति प्रदान गर्दा तोकिएको शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गरेको निवेदन अनुसार राष्ट्र बैंकले स्वीकृति दिएको हो । यसअनुसार नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर हुने लगानीकर्ताले अब मर्जर पश्चात बन्ने इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउनेछन् ।


