
बैंकिङ खबर/हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले, उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ । जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ । बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।
दुई सय २६ कम्पनीका तीन करोड ३ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डको शेयर सात अङ्क र चन्द्रागिरि हिल्सको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१.९१ रुपैयाँ किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ३६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको ३५ करोड रुपैयाँबराबरको कारोबार भएको आज सिनर्जी पावरको ३२ करोड १२ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३० करोड ४६ लाख रुपैयाँ, युनिभर्सल पावरको २९ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २७ करोड २१ लाख रुपैयाँ, अपी पावरको २६ करोड ८६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २६ करोड ६९ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २५ करोड ३५ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तको २१ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावर र सीईडीबी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। आज राइराङ हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन चन्द्रागिरी हिल्सको सेयरमूल्य सर्वाधिक ४ प्रतिशतको हाराहारीले बढेको छ।