July 29th, 2021

सेयर बजारमा दोहोरो अंकको गिरावट

बैंकिङ खबर/ सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयरमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से मापन गर्ने सूचक १५.११ अंकले घटेर ३०७९. ८३ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले घटेर ५७०.८५ बिन्दुमा रोकिएको छ । २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको १०.४४, जलविद्युत २८.४३, फाइनान्स कम्पनी ५३.८२, निर्जीबन बीमा ६९.५७, उत्पादन तथा प्रशोधन ५३.३, माइक्रोफाइनान्स ४(९७, जीवन बीमा समूहको उपसूचकमा ८६.५५ अंकले गिरावट आउँदा विकास बैंक ५३.४ र होटल तथा टुरिजम समूहको उपसूचक ४५.४१ अंकले बढेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]