July 25th, 2021

बैंकिङ क्षेत्रले उचाल्यो सेयरबजार, १४ अर्ब २४ करोड बढिको कारोबार


बैंकिङ खबर/कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । परिसूचक नेप्सेले आइतबार नयाँ इतिहास रचेको छ । आइतबार बजार परिसूचक नेप्से ५४.३१ अंकले वृद्धि हुँदा ३०५८.६४ अंकको ऐतिहासिक बिन्दुमा पुगेको छ ।
यसअघि जेठ ३१ मा ३०२५.८३ अंकसम्म पुगेको थियो । जेठ मसान्तको उक्त रेकर्ड नेप्सेले झण्डै डेढ महिनापछि तोडेको हो । बजार परिसूचक सँगै कारोबार रकम पनि बढ्दै गएको छ । आइतबार नेप्सेमा ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २४ करोड २४ लाख १७ हजारको कारोबार भएको छ ।
बैंकिङ उपसूचक आइतबार ३.४३ प्रतिशतले बढेर २१७४.१४ अंकमा पुगेको छ । आइतबार नेप्सेमा होटेल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर उपसूचक २.३९ प्रतिशत, लघुवित्त उपसूचक १.५८ प्रतिशत र उत्पादनमुलक उपसूचक १.१४ प्रतिशतले बढेको छ ।
होटेल तथा पर्यटन उपसूचकमा ०.६२ प्रतिशत र म्युचअल फन्ड उपसूचक १.२९ प्रतिशतले घटेको छ । आज कारोबारमा पनि बजारलाई बैंकिङ क्षेत्रले नै लिड गरेको छ ।
नेपाल बैंकको सवार्धिक ४९ करोड ७६ लाख ६५ हजारको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको ४९ करोड ४४ लाख ३९ लाख, एनसीसी बैैंकक ३४ करोड ७८ लाख ९८ हजार, अरुण कावेली पावरको ३४ करोड २ लाख ६६ हजार र एनआईसी एशिया बैंकको ३३ करोड ८० लाख ४५ हजारको कारोबार भएको छ । नेप्सेमा कारोबार भएकामध्ये आइतबार ९ कम्पनी मूल्य बढेर सर्किट लेभमा बन्द भएको छ । जसमध्ये ७ वटा जलविद्युत क्षेत्रका कम्पनाी रहेका छन् भने सर्पोट माइक्रोफाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्य पनि बढेर सर्किट लेभलमा बन्द भएको हो ।
आइतबार मूल्य घट्नेमा भने ऋणपत्र र म्युचुअल फन्ड रहेका छन् । ओरियन्टल होटेलको सेयरमूल्य २.८८ प्रतिशतले गिरावट हुँदा समृद्धि फाइनान्सको सेयरमूल्य १.८६ प्रतिशतले घटेकको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]