Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभुु क्यापिटलको डिम्याट खाता र मेरो शेयर नि:शुल्क

२०७८ श्रावण १० गते

बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुलाई डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले आइतबारबाट “SUMMER DEMAT SCHEME” सञ्चालनमा ल्याएको हो । यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि “Free” डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नुहुने हुनेछ । यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ । साथै यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ ।

यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोल्नु भएका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गर्नुभएका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नु हुने छ ।

“SUMMER DEMAT SCHEME “

 १. Demat Account र Mero Share Login निःशुल्क ।
२.  साथीभाई तथा घरपरिवारमा रिफर गरी १० वटा नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्य भरी रहेको शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्नुहुने छ । यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com  बाट समेत डिम्याट खाताको आवेदन दिन सक्नुहुने जानकारी गराएको छ ।

 

Ad