
देवकुमार ढकाल
प्रवक्ता, नेपाल राष्ट्र बैंक
भाइबर र म्यासेन्जरमा म्यासेज प्राप्त भएको थियो । हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक ग¥यौँ । हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन । यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ । इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ । कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।
हाम्रा बैंकिङ सिस्टम डे टु डे चेक गर्दा कुनै बैंकका समस्या देखिएको छैन । हालसम्म इनेसियल सेक्युरिटी असिस्मेन्ट (आइएसए)का आधारमा राष्ट्र बैंकको जीएल, आरटिजीएस, एनसीएचएलमको प्रणाली र वाणिज्य बैंक र विकास बैंकहरुको कोर बैंकिङ प्रणाली सुरक्षित रहेको छ ।
आगामी एक साता जति वान टु वान ट्रान्ज्याक्सन मोनिटरिङ गर्नुपर्छ भनिएको छ । बैंकहरुलाई समेत वान टु वान ट्रान्जेक्सन मोनिटरिङ गर्दै रिपोर्टिङ गर्न निर्देशन दिइएको छ । बैंकहरु वान टु वान ट्रान्ज्याक्सन मोनिटरिङ यसअघि पनि गरिरहेको भएपनि अहिले त्यसमा राष्ट्र बैंकले समेत निगरानी गर्नेछ ।
खासगरी राष्ट्र बैंकले समेत आरटिजीएसको ट्रान्ज्याक्सन मोनिटरिङ एक सातासम्म वान टु वान गर्छ, तर हाम्रो सिस्टम, फाइभरमा कुनै पनि ह्याकिङ ठोकिएको छैन ।
अहिले आइएसए कुनै पनि समस्या देखिएको छैन, यसमा थप अध्ययन समेत आइटी विभागले गरिरहेका छन् । विश्वको कुनै पनि कुनामा बसेर ह्याकरले सिस्टम ह्याक गरेपनि नेपाली मुद्रा अन्तर्राष्ट्रिय मुद्रामा परिवर्तित नहुने भएकाले पैसा नै ह्याक गर्न भने सक्दैन ।
हाम्रो मुद्रा अन्य देशमा बिक्री नहुने भएकाले पैसा नै झिकिने डर भने त्यति धेरै हुँदैन । नेपाल मै आएर पैसा भिक्नु अलग कुरा हो तर बाहिरबाट भने सिस्टम ह्याक गर्न मात्र सम्भव हुन्छ ।
यस्ता खालका घटनाहरु संसारभरी घट्ने गर्दछन् । यो थ्रेड हो । यसमा जनता, बैंकहरु आत्तिन आवश्यक छैन । हामीले बैंकहरुलाई सिस्टमको रेगुलर रुपमा मनिटरिङ गर्नु भनेर पनि भनि रहेका छौं । हामी जनताको डिपोजिटको प्रत्याभूती गछौं । केहि पनि गर्दैन भन्ने पनि होइन् । त्यति सजिलै डेटाहरु लान सक्ने स्थिति छैन् । विगतमा पनि त्यस्ता घटनाहरु नघटेका होइनन् । संसारभरिका बैंकको जस्तै हाम्रो पनि बैंकिङ सिस्टम राम्रो छ ।
(बैंक ह्याकिङको धम्की प्रकरणका राष्ट्र बैंकका प्रवक्ता ढकालसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)