
बैंकिङ खबर/कोरोना महामारीकाबीच पनि वाणिज्य बैंकहरुले कर्जा प्रवाहका साथै निक्षेप संकलन बढाएका छन् । आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेको नेपाल बैंकर संघले जनाएको छ । जुन आर्थिक वर्ष ०७६/७७ को असार मसान्त सम्ममा बैंकहरुले ३४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका थिए भने २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका थिए ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको छ । सोही अवधिमा बैंकहरुको कर्जा परिचालन ८ खर्ब १८ अर्बले बढेको छ । गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को देखिन्छ भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको छ ।
कुन बैंकको कति ?
एनआईसी एशिया
निक्षेप संकलन र कर्जा विस्तारमा एनआईसी एशिया थप आक्रामक देखिएको छ । मर्ज भएर ठुला बनिरहेका बैंकहरुलाई पनि उछिन्दै निक्षेप र कर्जा लगानी दुबैमा एनआईसी एशिया पहिलो हुन सफल भएको छ ।
एनआईसी एशियाले गत आर्थिक वर्ष २०७७/७८ मा ८९ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै ९१ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले तीन खर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ६४ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
ग्लोबल आइएमई बैंक
एनआईसी एशियालाई ग्लोबल आइएमई बैंकले पछ्याइरहेको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५६ अर्ब रुपैयाँले निक्षेप बढाउदा ४२ अर्बले मात्रै कर्जा विस्तार गर्न सकेको छ । बैंकले दुई खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको छ ।
नविल बैंक
नविल बैंकले यस वर्ष ३४ अर्बले निक्षेप बढाउँदा ५२ अर्बले कर्जा विस्तार गर्न सफल भएको छ । यस अवधिमा बैंकले २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।
प्रभु बैंक
गत आर्थिक वर्ष २०७७/७८ मा प्रभु बैंकले ३३ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ३९ अर्ब कर्जा विस्तार गर्न सफल भएको छ । बैंकले एक खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको छ ।
नेपाल एसबिआई बैंक
कर्जा विस्तारमा सबैभन्दा कमजोर नेपाल एसबिआई बैंक देखिएको छ । एसबिआईले ७ अर्बले मात्रै कर्जा विस्तार गर्न सकेको छ । यस अवधिमा निक्षेप पनि ४ अर्ब रुपैयाँले घटेको छ ।
कुमारी बैंक
गत आर्थिक वर्ष २०७७/७८ मा कुमारी बैंकले ३२ अर्ब रुपैयाँले निक्षेप बढाउँदा २८ अर्ब कर्जा विस्तार गर्न सफल भएको छ । बैंकले एक खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४३ अर्ब कर्जा विस्तार गरेको छ ।
कृषि बैंक
कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७७÷७८ मा १९ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै २८ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब ६२ खर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५१ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै १७ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै १६ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै २० अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ९७ अर्व रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
सिटिजन बैंक
सिटिजन बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै ४२ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ९७ अर्व रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३० अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै २९ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ९० अर्व रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा २० अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै ३७ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले १ खर्ब ६३ अर्व रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
सनराइज बैंक
सनराइज बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै १९ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब १० अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
सानीमा बैंक
सानीमा बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २० अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै २९ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब ३० अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाउँदा २४ अर्बले मात्रै कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३२ अर्ब कर्जा विस्तार गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले १६ अर्ब रुपैयाँले निक्षेप बढाउँदा १६ अर्बले नै कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३४ अर्ब कर्जा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ३१ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ४३ अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले दुई खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ९९ अर्ब कर्जा विस्तार गरेको छ ।
प्राइम बैंक
प्राइम बैंकले २९ अर्ब रुपैयाँले निक्षेप बढाउँदा २८ अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले ३१ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ३० अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९९ अर्ब कर्जा विस्तार गरेको छ ।
एन एम बी बैंक
एनएमवी बैंकले ३१ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ३६ अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५८ अर्ब कर्जा विस्तार गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले ३९ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ३८ अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६५ अर्ब कर्जा विस्तार गरेको छ ।
मेघा बैंक
मेघा बैंकले १३ अर्ब रुपैयाँले निक्षेप बढाउँदा २७ अर्बले कर्जा विस्तार गर्न सकेको छ । बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४१ अर्ब कर्जा विस्तार गरेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २७ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै २१ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले एक खर्ब ३४ अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब रुपैयाँले निक्षेप बढाउनुका साथै ९ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ८९ अर्व रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
स्ट्यान्डर्ड चार्टर बैंक
स्ट्यान्डर्ड चार्टर बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब रुपैयाँ भन्दा कम निक्षेप बढाएको छ भने १४ अर्बले कर्जा विस्तार गरेको छ । बैंकले ९६ अर्व रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ३१ अर्ब रुपैयाँ भन्दा कम निक्षेप बढाएको छ भने ३० अर्बले कर्जा विस्तार गरेको छ । बैंकले १ खर्ब १० अर्व रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब रुपैयाँले कर्जा विस्तार गरेको छ ।
हेर्नुस् अन्तर दर कुन बैंककाे कति ?
|
बैंक |
कर्जा असार ०७७ (रूपैयाँमा) |
कर्जा असार ०७८ (रूपैयाँमा) |
अन्तर दर (प्रतिशतमा) |
|
कृषि विकास |
१ खर्ब २३ अर्ब |
१ खर्ब ५१ अर्ब |
२२ |
|
बैंक अफ काठमाण्डु |
८२ अर्ब |
९८ अर्ब |
१९ |
|
सेन्चुरी कमर्सियल |
६१ अर्ब |
८१ अर्ब |
३२ |
|
सिटिजन्स |
८१ अर्ब |
१ खर्ब २३ अर्ब |
५१ |
|
सिभिल |
५३ अर्ब |
८३ अर्ब |
५६ |
|
एभरेष्ट |
१ खर्ब १८ अर्ब |
१ खर्ब ३४ अर्ब |
१३ |
|
ग्लोबल आइएमई |
१ खर्ब ९९ अर्ब |
२ खर्ब ४२ अर्ब |
२१ |
|
हिमालयन |
१ खर्ब ७ अर्ब |
१ खर्ब ३२ अर्ब |
२३ |
|
कुमारी |
१ खर्ब १५ अर्ब |
१ खर्ब ४३ अर्ब |
२४ |
|
लक्ष्मी |
९० अर्ब |
१ खर्ब ८ अर्ब |
२० |
|
माछापुच्छ्रे |
९४ अर्ब |
१ खर्ब १६ अर्बं |
२३ |
|
मेगा |
१ खर्ब १३ अर्ब |
१ खर्ब ४१ अर्ब |
२४ |
|
नबिल |
१ खर्ब ५३ अर्ब |
२ खर्ब ५ अर्ब |
३३ |
|
नेपाल बंगलादेश |
६१ अर्ब |
७१ अर्ब |
१६ |
|
नेपाल |
१ खर्ब ७ अर्ब |
१ खर्ब ४४ अर्ब |
३४ |
|
एनसिसी |
६९ अर्ब |
९९ अर्ब |
४३ |
|
इन्भेष्टमेन्ट |
१ खर्ब ४४ अर्ब |
१ खर्ब ६७ अर्ब |
१६ |
|
एनआइसी एसिया |
१ खर्ब ७३ अर्ब |
२ खर्ब ६४ अर्ब |
५२ |
|
एनएमबि |
१ खर्ब २१ अर्ब |
१ खर्ब ५८ अर्ब |
३० |
|
एसबिआई |
९४ अर्ब |
१ खर्ब १ अर्ब |
७ |
|
प्रभु |
१ खर्ब ३ अर्ब |
१ खर्ब ४२ अर्ब |
३७ |
|
प्राइम |
१ खर्ब १४ अर्ब |
१ खर्ब ४२ अर्ब |
२४ |
|
राष्ट्रिय वाणिज्य |
१ खर्ब ५६ अर्ब |
१ खर्ब ९९ अर्ब |
२७ |
|
सानिमा |
९३ अर्ब |
१ खर्ब २२ अर्ब |
३१ |
|
सिद्धार्थ |
१ खर्ब २७ अर्ब |
१ खर्ब ६५ अर्ब |
३० |
|
स्टान्डर्ड |
५७ अर्ब |
७२ अर्ब |
२६ |
|
सनराइज |
८३ अर्ब |
१ खर्ब ३ अर्ब |
२४ |
|
कुल |
२९ खर्ब ५ अर्ब |
३७ खर्ब २० अर्ब |
२८ |
स्राेत: नेपाल बैंकर्स एसाेसिएसन