July 19th, 2021

दोहोरो अंकले बढ्यो नेप्से, झण्डै १२ अर्ब रुपैयाँको कारोबार


बैंकिङ खबर/कारोबारको दोस्रो दिन सोमबार शेयर बजार कारोबार मापक नेप्से दोहोरो अंकले उकालो लागेको छ। परिसूचक बढेको छ । नेप्से सोमबार १३ दशमलव ९७ अङ्कले बढेर दुई हजार नौ सय ९४ दशमलव ५८ विन्दुमा पुगेको छ ।
विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर झन्डै ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन बीमा समूहको एक सय एक अङ्कले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ ।

साेमबार दुई सय १९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सिनर्जी पावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]