२०७८ श्रावण ४ गते

बैंकहरुको नयाँ व्याजदर : कुन बैंकको कति ?

बैंकिङ खबर/ नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले मुद्दतिको ब्याज दर यथावत राखेका छन् भने केहीले थपघट गरेका छन् । ठूला बैंकहरुको आधार दर थप घट्ने देखिएको छ भने केहीले बचतभन्दा मुद्दति निक्षेपमा पैसा बढाउन खोजेका छन् ।

कुन बैंकको कति ब्याजदर ? 

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । प्रभु बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ६.५० प्रतिशत र अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिनेछ । बैंकको जेठसम्मको आधार दर ७.०६ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरका लागि न्यनतम ९.९९ प्रतिशतदेखि अधिकतम ११.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत देखि ७.६५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.४० प्रतिशत छ । बैंकले न्यूनतम १०.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशत सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८ प्रतिशत छ । यसमा २ प्रतिशत  देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएकाे छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१ प्रतिशत ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतिका लागि हो । बैंकको चैत मसान्तसम्मको आधार दर ६.४० प्रतिशत छ । यसमा ६ प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ८ प्रतिशत निर्धारण गरेको छ । यस बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८ प्रतिशत छ । यसमा न्यूनतम १.५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुनेछ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५१ प्रतिशत देखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१ प्रतिशत ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतिको ब्याजदर ५.०१ प्रतिशत निर्धारण गरिएको छ । बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१ प्रतिशत रहेको छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि ११.५० प्रतिशतसम्म ब्याजदरमा कर्जा दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत देखि ७.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५ प्रतिशत देखि ६.५० प्रतिशतसम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५० प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १ प्रतिशत देखि ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर कर्जाको लागि ९ प्रतिशत देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनआइसी एसिया बैंक

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६ प्रतिशत  कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म ब्याज पाइनेछ । यस बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४ प्रतिशत  छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण दिने बैंकको भनाई छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३ प्रतिशत  र अधिकतम ५ प्रतिशत  राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत  कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९ प्रतिशत  देखि १२.९९ प्रतिशत  ब्याजदर निर्धारण गरेको जनाएको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत  र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६ प्रतिशत तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५८९ प्रतिशत  छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ५ प्रतिशत र अधिकतक ब्याजदर ७ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.९८ प्रतिशत छ । यसमा १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।  स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५ प्रतिशत देखि १३.९३ प्रतिशतसम्म रहेकाे छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे् बैंकले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९ प्रतिशतदेखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज निर्धारण गरेको छ । जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १०.५० प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा न्यूनतम २.२५ प्रतिशत देखि अधिकतम ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१ प्रतिशत छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यसको जेठ महिनामा आधार दर ६.६९ प्रतिशत रहेकाे छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ८.४९ प्रतिशत देखि अधिकतम ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६ प्रतिशत र अधिकतम ४.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४ प्रतिशत रहेको छ । यसमा अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३ प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंक अफ काठमान्डू

बैंक अफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत र अधिकतम ४ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत र न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९ प्रतिशत देखि अधिकतम १२.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशतदेखि ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशत ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५ प्रतिशत र अधिकतम ५.१५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.६५ प्रतिशत कायम गरेको छ ।

यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा  दिइने बैंकले जनाएकाे छ । स्थिर कर्जाको लागि १०.५० प्रतिशत  देखि १३ प्रतिशत ब्याज दर निर्धारण गरेको जनाएको छ ।

सिभिल बैंक

सिभिल बैंकले ३.५५ देखि ५.५५ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याजलाई घटाएको छ। बैंकले अबदेखि ४.०१ देखि ५.०१ प्रतिशतसम्म मात्र ब्याज दिने छ। बैंकले मुद्दतिको अधिकतम ब्याज ८.५५ बाट बढाएर ८.७१ प्रतिशत पुर्याएको छ ।

सानिमा बैंक

सानिमा बैंकले यसअघि २.०५ देखि ४.०५ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज २.३५ देखि ४.३५ प्रतिशतसम्म पुर्याएको छ । यससँगै मुद्दतिको ब्याज ०.३० प्रतिशत बिन्दुले बढाएको छ । बैंकले मुद्दतिमा अधिकतम ७.३५ प्रतिशतसम्म ब्याज दिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज तोकेको छ । बैंकले मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म व्याजदर तोकेको छ । यस्तै बैंकको २०७७ चैत महिनासम्मको आधार दर ५.३३ प्रतिशत छ । यसमा औसत ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।