सेयर कारोबार गर्दा मूल्यमा १० पैसासम्म घटबढ गर्न पाइने

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लागू गरेको सेयर खरिदबिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमा कार्यान्वयनमा आएको छ।
सेबोनले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संशोधन गरेको थियो। उक्त संशोधित विनियमावलीमा सेयरमूल्यमा १० पैसासम्म पनि घटबढ गर्न पाउने व्यवस्था गरिएको छ।
यो व्यवस्था कार्यान्वयन भएसँगै ठूलो कारोबारमा १० पैसा मूल्य घट्दा पनि लगानीकर्ताको ठूलो रकम जोगिनेछ। त्यस्तै थोरै मूल्य भएका कम्पनीको सेयर खरिद बिक्री गर्दा १० पैसा घटबढ गर्न पाउने सीमाले किन्ने बेच्ने दुवैलाई फाइदा गर्नेछ।


सोसिअल मेडिया