July 17th, 2021

जाल्पा सामुदायिक लघुवित्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा रुपान्तरण


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको स्वीकृतिमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा राष्ट्रिय स्तर कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा रुपान्तरण भएको छ ।

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, दाङ एक आपसमा गाभिई मिति २०७७ मंसिर १६ गते देखि एकीकृत कारोबारको थालनी गरेको थियो ।

मर्जर पछि २० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा नेपाल राष्ट्र बैैंकबाट स्वीकृति प्राप्त गरेको थियो । हाल वित्तीय संस्थाको १९ वटा जिल्लाहरुमा ७४ वटा शाखा कार्यालयहरु रहेको र सो शाखाहरु मार्फत करिब ८६ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

रू. ३ अर्ब ७६ करोड लगानीमा रहेको कर्जा र रू. २ अर्ब १७ करोड बचत परिचालन गर्न वित्तीय संस्था सक्षम भएको छ । वित्तीय संस्थाले प्रभु क्यापिटल मार्फत रू. ५ करोड २२ लाख बरावरको शेयर निष्काशन गर्न लागिरहेको छ ।

सो पछि वित्तीय संस्थाको चुक्ता पु“जी रू. १६ करोड पुग्नेछ । चालु आर्थिक वर्षमा थप ११ वटा जिल्लाहरुमा कार्यक्रम विस्तार गरी कुल शाखा संख्या १०० वटा पु¥याउने लक्ष्य राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]