July 14th, 2021

नेशनल माइक्रो फाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तको एकीकृत कारोबार शुभारम्भ


बैंकिङ खबर/ नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ति गरी बुधबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रम नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.का सञ्चालकहरु तथा उच्च तहका कर्मचारीहरुको सहभागितामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को सञ्चालक समितिका अध्यक्ष श्री केशव प्रसाद अचार्य को अध्यक्षतामा सम्पन्न भएको हो । उक्त समारोहमा दुबै संस्थाका सञ्चालकहरु तथा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को शाखा सञ्जाल देशका सातैवटै प्रदेशहरुका ६५ वटा जिल्लाहरुमा बिस्तार भई जम्मा शाखा कार्यालयको संख्या १०० वटा हुनेछ । त्यसैगरी संस्थाको चुक्ता पुँजी करीब रु.४२ करोड, कुल बचत रकम रु.२ अर्व ५० करोड, लगानीमा रहेको कर्जा रु.९ अर्व ५० करोड र जम्मा सदस्य संख्या १ लाख ५० हजार हुने छ । यसरी संस्थाको सेवाको पहुँच देशब्यापी रुपमा बिस्तार भई लघुवित्तको आधारभुत मुल्य र मान्यताहरुलाई मनन गरी वित्तीय र ग्रैह वित्तीय सेवालाई ग्राहको आवश्यकता र चाहना अनुसार प्रभावकारी रुपमा कार्यान्वयन गरी संस्थालाइ अझै सवल, सक्षम र दिगो रुपमा अगाडी बढाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम बहादुर यादव ले बताउनु भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]