बैंकिङ खबर । सामाजिक सुरक्षा कोषले जबरजस्ती सहभागिताका लागि पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी सडकमै उत्रिएका छन् । उनीहरुले बुधबार कोष विरुद्ध सडकमा विरोधमा र्याली निकालेका छन् । बुधबार उनीहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरे । बैंक तथा वित्तीय संस्थाले आआफ्नो कार्यालय अगाडि पनि विरोधका व्यानरहरु प्रदर्शन गरेका छन् । २२ बैंकका कर्मचारीले अदालतमा सुरक्षा कोष विरुस्द्ध हालेको मुद्धा विचाराधिन छ । कोषले असार मसान्त भित्र जसरी पनि सहभागि हुन बेंकवित्तलाई पत्राचार गरेको छ ।
‘विडम्वना विगत ३ दशकदेखि श्रम ऐेन तथा ट्रेड यूनियन ऐनद्वारा प्रदत्त अधिकार बमोजिम सामूहिक सौदाबाजीका माध्यमबाट राम्रोसेवासुविधा तथा आकर्षक सामाजिक सुरक्षा पाईरहेका बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनको भावना विपरीत सामाजिक सुरक्षा नपाएका बहुसंख्यक श्रमिकलाई व्यवहारिकरुपमा सामाजिक सुरक्षाको हकसुनिश्चित गर्ने तर्फ नलागी पहिले नै राम्रो र व्यवस्थित सामाजिक सुरक्षाबाट लाभान्वित भइरहेका बैंक, बीमा तथा वित्तीय संस्था र त्यहाँकाकर्मचारीहरुलाई उनीहरुले पाईरहेको सामाजिक सुरक्षा तथा सेवा सुविधा घट्ने गरी बलजफ्ती योगदानमा आधारित सामाजिक सुरक्षायोजनामा सहभागी गराउन खोज्नु खेदपूर्ण र आपत्तिजनक छ,’ नेपाल वित्तीय संस्था कर्मचारी संघले भनेको छ ।