बैंकिङ खबर । अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भएका छन् । मंगलबार उनले अर्थमन्त्रीको सपथ लिएका हुन् । उनी माओवादी केन्द्रबाट अर्थमन्त्रीमा सिफारिस भएका थिए । अर्थमन्त्री शर्मा यस अघि पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन् । उनी माओवादी शान्ति प्रकृयामा समेत सहभागि व्यक्ति हुन् । उनी कुशल व्यक्तित्व र प्रखर बक्ताका रुपमा परिचित छन् ।