July 13th, 2021

बैंक/वित्तहरुमा रोजगारीको लर्को : छानीछानी अनलाइनबाटै आवेदन

बैंकिङ खबर/ अहिले विभिन्न बैंक, वित्तहरुले रोजगारी खुलाएका छन् । नयाँ देखि पुराना व्यक्तिका लागि बैंकले कर्मचारी माग गरेका हुन् । कर्मचारी माग गरिएका बैंक, वित्तका वेभसाइटमा गएर आवेदन फारम अनलाइनबाटै भर्न सकिन्छ ।

नबिल बैंक
नबिल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले हेड लिगलमा म्यानेजर एम २,म्यानजेर एम ३ र म्यानेजर लिगलमा कर्मचारीको माग गरेको हो । बैंकले ४० वर्ष ननाघेका व्यक्तिलाई आवेदन दिन भनेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सार मसान्तसम्म बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यका र र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफमा असिस्टेन्टदेखि सुपरभाइरसम्म ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले काठमाडौं उपत्यकाभित्र ब्रान्च मेनेजरअन्तर्गत केही सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिर पदका लागि दरखास्त आह्वान गरिएको छ । काठमाडौं उपत्यकाभित्र र बाहिरका लागि केही रिलेसन मेनेजरअन्तर्गत सिनियर असिस्टेन्ट र सुपरभाइजर जुनियर अफिसर पदमा पनि बैंकले दरखास्त आह्वान गरेको छ । त्यस्तै काठमाडौं उपत्यकाभित्र र बाहिरका लागि अपरेसन इन्चार्जअन्तर्गत असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइरजमा केही पदका लागि विज्ञापन खुलाइएको छ ।

केन्द्रीय कार्यालय भने एउटा पदमा ट्रेड फाइनान्स इन्चार्जमा अफिर वा सिनियर अफिसरका दरखास्त खुलाइएको छ । प्रादेशिकस्तरका लागि भने ट्रेड फाइनान्स डिपार्टमेन्टअन्तर्गत केही सिनिर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरिएको छ । त्यस्तै केन्द्रीय र प्रदेशस्तरमा लोन रिकभरीअन्तर्गत सुपरभाइजर जुनियर अफिसर र अफिर र प्रदेशस्तरमा डिपोजिट मार्केटिङअन्तर्गत सिनियर असिस्टेन्ट, सुपरभाइरज र जुनियर अफिसर पदमा आवेदन खुला गरिएको छ ।

साना तथा लघु बैंकिङअन्तर्गत उपत्यका र उपत्यका बाहिरका लागि फिल्ड स्टाफका रुपमा जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा केही कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ । असिस्टेन्ट लेभलका कर्मचारीका लागि कम्तीमा प्रमाणपत्र तह तथा स्नातक गरेकालाई विशेष प्राथमिकतामा राखिने बैंकले जनाएको छ । सिनियर असिस्टेन्टका लागि कम्तीमा स्नातक उत्तीर्ण गरी १ वर्षदेखि ३ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदका लागि कम्तीमा ३ देखि ५ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

सिनियर असिस्टेन्ट र सुपरभाइज पदमा आवेदन दिन ३५ वर्ष उमेर नकटेको हुनुपर्नेछ । यसैगरी कम्तीमा स्नातक उत्तीर्ण गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्र जुनियर अफिसर र सिनियर अफिसर पदमा आवेदन दिन पाउनेछन्। यसका लागि कम्तीमा ४ वर्षदेखि ८ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । उमेर ४० वर्ष नकटेको हुनुपर्नेछ । इच्छुक उम्मेदवार आउँदो साउन ६ गतेसम्म मुक्तिनाथ विकास बैंकको अनलाइन्मा गएर अनलाइन आवेदन दिनुपर्नेछ ।

 

ग्लोबल आइएमई क्यापिटल

ग्लोबल आइएमई क्यापिटलले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । क्यापिटलले म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टका लागि केही, इन्भेष्टमेन्ट बैंकिङ(म्यानेजर लेभलका लागि १ जना र सुपरभाइजरका लागि १ जना) फाइनान्सियल एडभिसोर(जूनियर अफिसरका लागि १ जना, सुपरभाइजरका लागि १ जना),रिसर्च(म्यानेजरीयल लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना),सुपरभाइजरका लागि १ जना,इन्टरर्नल अडिट(अफिसर लेभलमा १ जना, असिस्टेन्टमा १ जना,मार्केटिङ (म्यानेजर लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना,अकाउन्ट र फाइनान्सका लागि १ जना, आरटिएस, आरटिएका लागि १ जना र रिकाउन्सेलिशनका लागि सुपरभाइजर र असिस्टेन्ट गरी २ जना कर्मचारीको माग गरेको हो ।

कम्तिमा ब्याजलर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

इन्फिनिटी लघुवित्त
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत १ जना, कनिष्ठ अधिकृत, व्यवश्थापन प्रशिक्षार्थी र वरिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिईसक्नुपर्नेछ ।

आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले सूचना निकाल्दै सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरको हो ।
कम्पनीले प्रदेश प्रमुख पदमा ३ जना (गण्डकी, लुम्बिनी, सुदुरपश्चिम), ऐशिसटेन्ट म्यानेजर, सिनियर मार्केटिङ अफिसर, डेभलपमेन्ट अफिसर तथा अफिसर तहका पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा योग्यता पुगेका इच्छुक उम्मेदारहरुले जुलाई २२ तारिक अर्थात साउन ७ गतेसम्म तोकिएको आवश्यक काजगतहरु सहित आवेदन दिन सकिने छ ।

 

मञ्जुश्री फाईनान्स

मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रबन्धक माग गरेको जनाएको छ ।

आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आवेदन दिने आग्रह गरेको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]