Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब

२०७८ असार २८ गते

बैंकिङ खबर/असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिमदिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ताशेयर निष्काशन गरिएकोमा निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजेसम्म ३१ लाख ७२ हजार ८ सय ६८ जनासर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रकम बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
आस्बा अन्तरगतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझैँ अपडेट हुने क्रममा रहेको र तलको तथ्यांकमा संलग्न गरिएको छैन ।

Ad