Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरबजारमा उछाल, ७३ अंकभन्दा धेरैले बढ्यो नेप्से

२०७८ असार २७ गते

बैंकिङ खबर/ धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ। शेयर बजार परिसूचक नेप्से आइतबार एकै दिन झन्डै ७४ अङ्कले बढेको हाे । सबै समूहको शेयर बढेपछि नेप्से ७३ दशमलव ३३ अङ्कले बढेर दुई हजार आठ सय ९८ विन्दुमा पुगेको छ ।

बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको एक सय ८१, माइक्रोफाइनान्सको एक सय ३२, जीवन बीमा समूहको चार सय ९८, निर्जीवन बीमा समूहको तीन सय ५५, अन्यको नौ र लगानी समूहको शेयर साढे दुई अङ्कले बढेको छ ।

 दुई सय २५ कम्पनीका तीन करोड १५ लाख कित्ता शेयर आठ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३९ करोड ९६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

आइतबार एक दर्जन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बाँकी १३ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।  समग्र बजार बढे पनि आज कर्पोरेट विकास बैंकको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।  

Ad