
बैंकिङ खबर/ सेयरको घरायसी र मृत्यु नामसारी आइतबारबाट पुनः सुचारु हुने भएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले एक सूचना जारी गर्दै कोरोनाको दोस्रो लहरका कारण स्थगित सेयरको घरायसी र मृत्यु नामसारी असार २७ गतेबाट पुनः सुचारु हुने जानकारी गराएको हो। निक्षेप सदस्य, सेयर रजिस्ट्रार तथा सरोकारवालाहरुका नाममा जारी सूचनामा कोरोना महामारीको दोस्रोका कारण गत वैशाख १२ गतेदेखि स्थगित यी सेवा पुनः सुचारु गरिने जानकारी सीडीएससीले गराएको हो।
सरकारले निषेधाज्ञा खुकुलो पार्दै गइरहेकोले सम्पूर्ण स्वास्थ्य मापदण्डका उपाय अवलम्बन गर्दै पुनः यी सेवा सुचारु गर्न लागिएको सीडीएससीले जनाएको छ।
