Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बीमालेख धितो कर्जाको व्याज बैंकिङ व्याज सरह हुने

२०७८ असार २४ गते

बैंकिङ खबर/ अब बैंकहरुले धिताेमा ऋण दिँदा तोकेको भन्दा बढी ब्याज लिन नपाउने भएका छन् । बीमा समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका–२०७८’ ल्याएसँगै बैंकहरुले धिताेमा ऋण दिँदा तोकेको भन्दा बढी ब्याज लिन नपाउने भएका हुन् ।

बीमकले बीमालेख कर्जा दिँदा लिने ब्याज वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी हुन नहुने निर्देशिकामा उल्लेख छ । यस्तै बीमकले बीमालेख स्वीकृत भएको बढीमा ६ महिना भित्र प्रचलनमा ल्याई सक्नुपर्नेछ । ६ महिनामा प्रचलनमा नल्याए स्वत: रद्द हुनेछ ।

यस्तै निर्देशिकामा बीमालेख तयार गर्दा न्यूनतम ५ वर्ष अवधि र म्यादी जीवन बीमाको हकमा न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने उल्लेख छ ।

निर्देशिकामा बीमले बीमालेख अन्तर्गन पुरा तीन वर्षको बीमा शुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि तथा एकल बीमा शुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण प्रदान गर्न सकिने उल्लेख छ ।

बीमालेख जारी भएको ३ वर्ष पूरा भएपछि बीमा शुल्कको ८० प्रतिशत र आर्जित बोनस, बीमा लेख जारी भएको ४ वर्ष पूरा भएपछि बीमा शुल्कको ५० प्रतिशत र बोनस, ५ वर्ष पूरा भएपछि ९० प्रतिशत र बोनस तथा ऋणको रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा १ हजार सम्म काम गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

बीमकले बीमालेखको विज्ञापन गर्दा समितिबाट स्वीकृत शर्त बन्देज लगायतका व्यवस्था प्रतिकूल हुनेगरी र दोहोरो अर्थ नलाग्ने वा अस्पष्ट शब्दावली प्रयोग गरी विज्ञापन गर्न भने पाइने छैन । बीमकले भ्रममा पारी बीमालेख बिक्री गर्न नपाउने समेत निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाकाे पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

Ad