
बैंकिङ खबर/कास्कीकाे पोखरा महानगरपालिका वडा नं. १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष रमेश कुमार कर्माचार्यले गर्नुभएको थियो । उक्त साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बार्षिक साधारण सभाकोअवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइरालार विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थालेकदरपत्र सहित सम्मान गरेको बताइएको छ ।
संस्थाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइरालार विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद चापागाईँले बताउनुभयो ।
सभाको पहिलो सत्र संस्थाका आइटी प्रमुख रमेश बस्याललेसञ्चालन गरेको कार्यक्रममा संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले वित्तीय संस्थाको विद्यमान अवस्थाबारे जानकारी दिँदै साधारणसभामा उपस्थित शेयरधनी सदस्यहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको पहिलो सत्रको सञ्चालन संस्थाका आइटी प्रमुख रमेश बस्यालले गरेका थिए भने कार्यक्रमको बन्द सत्रकोसञ्चालनसंस्थाका कम्पनी सचिव दीपक पराजुली गर्नुभएको थियो ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १८ मा केन्द्रीय कार्यालय रही १० जिल्ला कार्यक्षेत्र भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले२०७३ बाट प्रथम कारोबार प्रारम्भ गरेकोमा हाल १० वटा जिल्लामा २६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २१,००० भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको कम्पनी सचिव पराजुलीले जानकारी दिनुभयो ।
