
बैंकिङ खबर/काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय वीरगंज पर्साले आफ्नो मृतक ग्राहक उषा दवी हजामको परिवारले तिर्नबाँकी कर्जा रकम रु.१ लाख ४७ हजार तिर्न नपर्ने गरि बिमाबाट मिलान गरेको छ ।
यस्तै संस्थाले नगद २ लाख ४३ हजार भुक्तानी गरि कुल क्षतिपूर्ति रकम रु. ३ लाख ९० हजार रुपैयाँ बराबर पर्सा जिल्ला वीरगंज म.न.पा. ११ मा एक शोकसभा कार्यक्रमको आयोजना गरि बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बस्यालले मृतकका श्रीमान देबेन्द्र ठाकुर हजामलाई मृत्यु बापतको बिमा रकम बितरण गर्नुभएको छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा वडा नं. ११ का वडा सदस्य प्रयाग महतो, संस्थाका कर्मचारी गोपिलाल चौधरी, उक्त केन्द्रकी केन्द्र प्रमुख शोभा देवी कंकर तथा अन्य समुह सदस्यहरु अभिभावकहरु रहेका थियो ।
सो अवसरमा उपस्थित सदस्यहरुले निर्धन उत्थान लघुवित्तले गाउगाउमा गएर सेवा दिइरहेको र गरिब विपन्नको आर्थिक अवस्थामाथि उकास्न वित्तीय पहुँच पुर्याइरहेको र सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा धन्यावाद दिनुभएको थियो । यस्तै आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा शाखा प्रमुख हेमलाल बस्यालले कर्जा बचत बिमाको बारेमा बताउनु भएको थियो भने बडा सदस्यले सानो रकमको बिमाले ठुलो क्षति लाई पुर्ति गरेको बताउनुभयो ।
यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ ।
यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्दैआई रहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आइरहेको वीरगंज शाखाका शाखा प्रमुख हेमलाल बश्यालले गराउनुभयो ।




