Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

झन्डै ५० अङ्कले घट्यो नेप्से, ६ अर्ब ७२ करोडकाे कारोबार

२०७८ असार १५ गते

बैंकिङ खबर/ साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो ।

बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कले घटेको छ ।

दुई सय २३ कम्पनीका एक करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको शेयर ४९ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र एचआईडीसीएलको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।  

 

Ad