Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल इन्भेष्टमेन्टको नयाँ खाता योजना

२०७८ असार १३ गते

बैंकिङ खबर/ नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ता लक्षित गरी नयाँ खाता योजना ल्याएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरोसेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हो । प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताहरुको लागि यो सेवा निकै नै फलदायी हुने कम्पनीले जनाएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नुपर्नेछ । यसरी आफूले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराइनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

Ad