
बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल रकम रु. ३१ लाख ६३ हजार ४५० सहयोग वितरण गरेको छ । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६ लाख ४४ हजार ४५० सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिनुभयो ।
संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियोभने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ । संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १,२५,३८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५,४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानि गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।


