
बैंकिङ खबर/कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड २०८७ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बुधबार बैंकको एक हजार रुपैयाँ अंकित मुल्यका १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत माघ २२ गते देखि फागुन ६ गते सम्म एक हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।
उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार नेप्सेमा सूचीकृत भएको हो ।त्यस अनुसार बिहीबार (आज) देखि बैंकको ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ ।