Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु सेलेक्ट फण्ड सूचीकृत, मंगलबारदेखि किनबेच गर्न पाइने

२०७८ असार ७ गते

बैंकिङ खबर/ प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड सूचीकृत भएको छ । उक्त फण्ड साेमबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । 

यससँगै उक्त फण्ड मंगलबार अर्थात असार ८ गतेदेखि दोश्रो बजारमा कारोबार शुरु हुने छ । जसको लागि नेप्सले ‘पीएसएफ’ सिम्बोल दिएको छ ।

उक्त फण्ड बाँडफाँड भएकाे एक महिना नबित्दै दाेश्राे बजारमा सूचीकृत भएकाे हाे । क्यापिटलले हालै जारी गरेकाे १ अर्ब २५ करोड रुपैयाँको उक्त फण्ड गत जेठ १४ गते मात्र बाँडफाँड भएकाे थियाे ।

Ad