
बैंकिङ खबर/सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश डा.कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ आदेश गरेको हो ।
बोर्डले के कारणले जोखिमयुक्त कम्पनी भनेर सार्वजनिक गरिएको हो त्यसको कारण देखाउनु पर्ने छ । सर्वोच्च अदालतले सो रिट माथि अन्तरिम आदेश भने जारी नहुने स्पष्ट पारेको छ । अधिवक्ता रविन बोहजु लगायतले सार्वजनिक गरिएको ५१ वटा कम्पनीको सूचीसहितको विज्ञप्ति बदर गर्ने माग गर्दै रिट दायर गरेका थिए ।
