Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सूचिकरण नविकरण नगराउने कम्पनीको शेयर कारोबार स्थगन गरिने

admin २०७३ भाद्र ७ गते
सेयर:

nepseनेपाल स्टक एक्सचेञ्च (नेप्से)ले नेप्सेमा सूचिकरण भएका कम्पनीलाई समयमै सूचिकरण नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समयमै यस्तो शूल्क यस्तो शूल्क ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न आग्रह गरेको हो । धितोपत्र कारोबार नियमावलि बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्तसम्ममा बुझाउनुपर्ने व्यवस्था रहेको जानकारी गराउँदै नेप्सेले समयभित्रै नविकरण नगराउने कम्पनीको शेयर कारोबार स्थगन गर्ने चेतावनी समेत दिएको छ ।

एक करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३० करोड र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

nepse

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।