Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा तिव्र उतारचढाव, काराेबार रकम १० अर्ब ९० कराेडमा खुम्चियाे

२०७८ असार ३ गते

बैकिङ खबर/ नेपाली शेयर बजारमा बिहीबार तिव्र उतारचढाव देखिएको छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। बजार खुलेको केही समयपछि नै नेप्से तिव्र गतिमा ओरालो लागेको थियो भने केही समयपछि नै पुनः तिव्र बढेको नेप्से पुनः सोही गतिमा ओरालो लागेको थियो। त्यसपछि बजार पुनः उकालो लागेर करिब ३००० विन्दु नजिक पुगेको नेप्से, साढे १ बजेपछि पुनः ओरालो लागेको थियो।

बुधबार ५२ अङ्कभन्दा धेरैले घटेको नेप्से परिसूचक यसदिन १ दशमलव २९ अङ्कले घटेर दुई हजार नाै सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ ।  बिहीबार १० अर्ब ९० कराेड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार १५ अर्ब ४५ करोड रुपैयाँ बराबरकाे दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७७ करोड ३७ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बजार घटे पनि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशतले बढेको छ । सीएचडीसी कम्पनीकाे शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ । 

Ad