June 14th, 2021

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो दश महिनाको देशको आर्थिक विवरण (पूर्णपाठ)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत छ ।

आयात २२.३ प्रतिशतले र निर्यात ३२.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.७ अर्ब ७५ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ८७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.८२४ अर्ब ८१ करोड र राजस्व परिचालन रु.७६१ अर्ब छ । विस्तृत मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.४ प्रतिशतले बढेको छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजीक्षेत्रमाथिको दावी २३.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर २३.१ प्रतिशत रहेको छ ।

Current Macroeconomic and Financial Situation-Nepali (Based on Ten Months data of 2077.78)

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]