June 14th, 2021

सेयरबजारमा उछाल, एकैदिन झन्डै १९ अर्बको कारोबार


बैंकिङ खबर/शेयर बजार परिसूचक नेप्सेले सोमबार तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो ।
बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको शेयर तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।
सोमबार झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन सोमबार १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]