
बैंकिङ खबर / नेपालको सबैभन्दा पुरानो अर्थात पहिलो फाइनान्स कम्पनीका रुपमा रहेको नेपाल फाइनान्सले पछिल्लो समय आक्रामक रुपमा अव्वलताको संकेत देखाएको छ । प्रमुख कार्यकारी अधिकृत उद्बवराज थपलियाको नेतृत्वमा रहेको व्यबस्थापन टिमले फाइनान्स कम्पनीलाई नमुना फाइनान्सको रुपमा विकसीत गरेको छ । जसले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेसँगै नेपालको सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्ने लक्ष्य तय गरेको छ ।
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । नेपाल फाईनान्सको केन्द्रीय कार्यालय कमलादीमा भौतिक तथा अभौतिक (भर्च्युअल) माध्यमबाट भएको दोश्रो विशेष साधारणसभामा ललितपुर फाईनान्स लि. लाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित भएको हो ।
साथै प्राप्ति (एक्विजिसन) गरिसकेपछि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न लगायतका कार्यका लागि नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास बोकेको छ ।
हाल संस्थाले डिजिटल बैंकिङ्ग सम्बन्धी सम्पूर्ण पूर्वाधार तयार पारिसकेको, आइपीएसको शुरुवात गरिसकेको र डेविट कार्ड पनि आगामी असारभित्रै संचालन गरिसक्ने गरी तयारी गरिसकेको, आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको संस्थाले जनाएको छ ।
अबका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । जसको लागि संयुक्त कारोबार पश्चात् खराब कर्जा असूलीलाई ‘स्पेसल सिकभरी टिम’को गठन गरीने र संस्थाको कर्मठ तथा इमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको संस्थाले जनाएको छ ।
नेपालको सबैभन्दा पुरानो अर्थात पहिलो फाइनान्स कम्पनीका रुपमा रहेको नेपाल फाइनान्सले पछिल्लो समय आक्रामक रुपमा अव्वलताको संकेत देखाएको छ । प्रमुख कार्यकारी अधिकृत उद्बवराज थपलियाको नेतृत्वमा रहेको व्यबस्थापन टिमले फाइनान्स कम्पनीलाई नमुना फाइनान्सको रुपमा विकसीत गरेको छ । जसले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने निर्णय गरेसँगै नेपालको सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्ने लक्ष तय गरेको छ ।
नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) उद्बवराज थपलियाले ललितपुर फाईनान्सलाई प्राप्तिपछि अब्बल र मजबुत संस्था अब्बल र मजबुत हुने बताउनुहुन्छ । बैंकिङ खबरसँगकाे कुराकानीमा उहाँ भन्नुहुन्छ,‘हामीले यो आर्थिक वर्षमा पाँच वटा शाखा थपेका छौं । एकिकृत कारोबार भइसकेपछि ललितपुर फाइनान्सको अर्को तीन वटा शाखा थपिने छ । यसपछि नेपाल फाइनान्सको १३ वटा शाखा हुनेछ । १३ ठाउँबाट हामीले साना साना लगानी गरेर ठूलो बनाउने सोच बनाएका छौं ।’

अब नेपाल फाइनान्स आफ्नो सिमाभित्र रहेर मजबुत रुपमा अगाडी बढ्ने सिइओ थपलियाकाे भनाइ छ । उहाँ भन्नुहुन्छ,यो आर्थिक वर्षमा हामीले पाँच वटा शाखा थपेका छौं । एकिकृत कारोबार भइसकेपछि ललितपुर फाइनान्सको तीन वटा शाखा थपिन्छ । यसपछि हाम्रो १३ वटा शाखा हुन्छ । १३ वटा शाखाबाट हामीले साना–साना विजनेश आउटहरु, लगानीहरु गर्र्छौ । नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकताका क्षेत्रहरुलाई, विपन्न वर्गलाई प्राथमिकतामा राखेर सानो सानो कर्जाहरु लगानी गर्दै ठूलो बनाउने योजना बनाएका छौं ।’
आफुहरुले गाउँकेन्द्रित भएर लगानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हामीले जति पनि शाखाहरु खोलेको छौं । त्यो गाउँउन्मुख अर्थात् गाउँलाई विशेष केन्द्रित गरेका छौं ।’
फाइनान्समा खराब कर्जाको सबैभन्दा बढी च्यालेन्ज रहेको भन्दै उहाँ खराब कर्जा धेरै हदसम्म तल झारेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि खराब कर्जा अलिकति बढ्नेछ । त्यसलाई तोकेको सिमाभित्र ल्याउनु नै हाम्रो च्यालेन्ज भएको हुनाले हाम्रो पहिलो प्राथमिकता खराब कर्जालाई राख्छौं । साथसाथै हामीले विजनेशलाई अगाडी बढाउने गरी हामी लाग्र्छौ ।’
सिइओ थपलिया आगामी वर्ष थप दश वटा शाखा खोल्ने गरी नेपाल फाइनान्स अगाडी बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी आइटि सेक्टरमा होस्, डिजास्टरी रिकभरीको हिसाबमा किन नहोस् । हामी तयारी अवस्थामा छौं । यदि सबै कुरा यथावत रह्यो । यो पेन्डामिकको सिनारी अलिकति कम भयो, सहज वातावरण बन्यो भने आगामी आर्थिक वर्ष हामी कम्तिमा पनि दशवटा शाखा विस्तार गरेर, व्यवसायलाई अगाडी बढाउने सोच बनाएका छौं ।’
मर्जरपछि के होला सञ्चालक समिति ?
नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि कर्मचारीहरु नेपाल फाइनान्समै आउनेछन् । उहाँहरुले खाइपाइ आएको पद घ्टदैन । तर सञ्चालक समितिमा भने ललितपुर फाइनान्सको प्रतिनिधित्व हुँदैन ।