Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लयमा सेयरबजार, एकै दिन साढे १९ अर्बको कारोबार

२०७८ जेष्ठ ३० गते

बैंकिङ खबर/ आइतबार सेयरबजार लयमा देखिएको छ। शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले फेरि नयाँ रेकर्ड बनाएकाे छ । परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । 

नेप्से परिसूचक ३८ दशमलव २३ अङ्कले बढेर २९ सय ८३ दशमलव १० अङ्कमा पुगेको हो । यसअघि गएकाे हप्ताकाे मङ्गलवार नेप्से २९ सय ६० दशमलव १४ विन्दुमा पुगेकाे थियाे । 

१९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यसअघि गएको २३ गते १७ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएर रेकर्ड कायम भएको थियो । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, कर्णाली डेभलपमेन्ट लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै रिलायन्स फाइनान्स लिमिटेडसहित ४० वटा कम्पनीको शेयर मूल्य नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।

 नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य भने ४ दशमलव १५ प्रतिशत घटेको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ८ दशमलव २४ प्रतिशत अर्थात् तीन सय ८८ दशमलव २४ अङ्कले बढेको छ ।   

Ad