June 11th, 2021

एक महिनामा साढे २ अर्ब सेयर धितो कर्जा, कुन बैंकले कति ?

बैंकिङ खबर/एक महिनाको अवधिमा बैंक तथा वित्त कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बैशाख महिनामा २ अर्ब ४५ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ९१ अर्ब ८४ करोड ४० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । बैशाख मसान्तसम्म ९४ अर्ब रुपैयाँ बढी सेयर धितोमा कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ८१ अर्ब ६१ करोड २० लाख, विकास बैंकहरुले १० अर्ब १८ करोड ४० लाख र र वित्त कम्पनीहरुले २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको प्रवधान अनुसार सेयर धितो राखी बैंक तथा वित्त कम्पनीले ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । एक महिनाको अवधिमा लगानीकर्ताले वाणिज्य बैंकहरु प्रवाहित सेयर धितो कर्जा थप भएको छ ।

राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ, एनएमबी बैंकले ५० करोड रुपैयाँ, प्राइम बैंक ४४ करोड ४६ लाख रुपैयाँ, नविल बैंकले ४२ करोड ४७ लाख रुपैयाँ र सानिमा ३९ करोड ७५ लाख रुपैयाँ थप गरेको छ ।

यसैगरी, सेञ्चुरी बैंकले २४ करोड ६६ लाख रुपैयाँ, लक्ष्मी बैंकले २१ करोड १४ लाख रुपैयाँ, सनराइज बैंकले १५ करोड ४५ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट बैंकले १२ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा थप भएको छ ।

प्रभु बैंकले ८ करोड ५७ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले ७ करोड २४ लाख रुपैयाँ, मेगा बैंकले ५ करोड ८० लाख रुपैयाँ, हिमालयन बैंकले २ करोड ५९ लाख रुपैयाँ र सिटिजन्स २ करोड ४३ लाख रुपैयाँ चैत मसान्तमा प्रवाह गरेको सेयर धितो कर्जामा बैशाख मसान्तसम्म थप गरेका छन् ।

 माछापुच्छ्रे बैंकले २ करोड २६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले १ करोड ४२ लाख रुपैयाँ, एभरेष्ट बैंकले ८० लाख रुपैयाँ र कृषि विकास बैंकले २३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]