June 9th, 2021

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको १,९०,६५० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलक बोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक शेयर खरिदकालागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोहीव्यक्ति,कम्पनी,संघ,संस्थाहरुले मिति २०७८ जेठ २४ गते देखि मिति २०७८ असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ताआपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]