२०७३ भाद्र ६ गते

बैंकहरुबाट ५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

nepal-rastra-bank photoनेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ९० दिने अवधिका लागि मंगलबार उक्त अनुपातमा निक्षेप संकलन गर्न लागेको हो । यसका लागि मंगलबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । क, ख र ग वर्गका वित्तीय संस्थाहरुले मात्र भाग दिन पाउने उक्त बोलकबोलमा घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल्न पाइनेछ । उक्त निक्षेप मंसिर ६ गते परिपक्व हुनेछ । जसअनुसार, बोलकबोल गर्ने बैंकहरुले मंसिर ६ गते व्याजसहितको सावाँ फिर्ता पाउनेछन् । व्याजदर बोलकबोलकै आधारबाट निर्धारण गरिने बताइएको छ । 

reverse-repo