May 29th, 2021

एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

बैंकिङ खबर/ सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिनुभएकाे हाे । बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।

बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।

अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ ।  ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएकोमा अब छोटो समयका लागि लगानी गर्ने सेयर लगानीकर्ताहरुले ७.५ प्रतिशत तिर्नु पर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]