Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रेमिट्यान्स र मनि चेन्जर कम्पनीले पनि अब पुँजी बढाउनुपर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

admin २०७३ भाद्र ६ गते
सेयर:

coinनेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र मनि चेन्जर कम्पनीलाई पनि चुक्तापूँजी बढाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सम्बिन्धित संस्थाको नाउँमा परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीतिको लक्ष्य अनुरुप उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ । 

निर्देशन बमोजिम रेमिट्यान्स कार्य जारी गर्ने रेमिट्यान्स कम्पनीहरुले २५ करोड रुपैंया र प्रन्सिपल कम्पनी भई कारोबार गर्ने रेमिट्यान्स कम्पनीले १० करोड रुपैंया चुक्ता पूँजी कायम गर्नुपर्नेछ । यसैगरी विदेशस्थित प्रिन्सपल कम्पनीको एजेन्ट भई कारोबार गर्ने कम्पनीले दुई करोड रुपैंया चुक्ता पूँजी कायम गर्नुपर्नेछ ।

निर्देशन अनुसार आगामी २०७४ असार मसान्तसम्म रेमिट्यान्स कम्पनीहरुले उक्त अनुपातमा चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।