मृतक सदस्यको परिवारलाई मिर्मिरेको सहयोग


बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बढनिहारले आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका सदस्य पटेरवा सुगौली गाउँपालिका वडा नं. ३, पर्सा वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएको थियो । त्यसै गरि संस्थाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं. ७, की तारा देवी गोढीको स्वास प्रस्वासमा समस्या भई उपचारको क्रममा निधन भएको थियो । दुवै घटना प्रति वित्तीय संस्थाको तर्फबाट दुख व्यक्त गर्दै परिवारलाई संस्थाको तर्फबाट जनही रु. ५ हजारको दरले आर्थिक सहयोग गरिएको छ ।
संस्थाको बढनिहार शाखाका शाखा प्रमुख निराजन चौधरी र कर्मचारी दिलिप कुमार चौधरी लगायतको उपस्थितिमा बागेश्वरी गाउँका पूर्व मुखिया तथा समाजसेवी रामदेयाल कुर्मीले तारादेवी गोढीको परिवारलाई र केन्द्र प्रमुख रुन्ची देवीद्वारा तेतरी थरुनीको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।


सोसिअल मेडिया