May 28th, 2021

प्रभु सेलेक्ट फण्डको बाँडफाँड, यसरी हेर्नुस् नतिजा !

बैंकिङ खबर/ प्रभु सेलेक्ट फण्डको शुक्रबार बाँडफाँड भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जनालाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको हो ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई मागअनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन दिनेलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

जेष्ठ ५ गतेदेखि प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन भएको थियो । निष्काशनको करिब २ गुणासम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रुपैयाँ को भएको छ ।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७५ लाखइकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड २५ लाख रुपैयाँ वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट  https://iporesult.prabhucapital.com/ तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]